एक थुकी सुकी, सय थुकी नदि
नेपाली साझा समाज, जापान
一般社団法人在日ネパール人福祉協会
परिचय
जापान प्रवासमा स्थाई वा अस्थाई रुपमा बसोबास गर्ने बिभिन्न पेशा व्यबसायमा आबद्द नेपालीहरुको साझा संस्थाको नाम हो “नेपाली साझा समाज, जापान”। यसको स्थापना २०१३ साल अगष्ट ४ तारिख जापानको गुन्माकेनमा केन्द्रिय कार्यालय रहने गरि भएको हो । जापान प्रवासमा हालका दिनहरुमा नेपालीहरुको बसोबास दिनानुदिन बढ्दै गइरहेको परिप्रेक्षमा समस्याहरु पनि बढ्दै गइराखेका छन् ।
रोजगारी, कानुनी, अध्यागमन, स्वास्थ तथा अकस्मात घट्ने घटनाहरु जस्ता समस्याहरु बढ्दै गइराखेको अवस्थालाई मध्यनजर गर्दै आपसी मित्रता, भाईचारा, भावनात्मक एकता, पारस्परिक सम्बन्धहरु विस्तार गरि सरल तरिकाले समस्याको निराकरण गर्न यसले महत्वपुर्ण भुमिका खेल्ने कुरामा हामी बिश्वस्त छौं । नेपाली कला संस्कृतिको संरक्षण गर्दै यसको प्रचार प्रसार गरि हाम्रो मौलिक कला संस्कृतिलाई बिश्व सामु चिनाउन प्रयासगर्ने, नेपालको पर्यटन विकासमा टेवा पुर्याउन मद्दत गर्ने, जापान सरकार, गैरसरकारी संघ संस्थाहरुसंग मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने, जापानी सिप प्रविधिलाई देश भित्र्याउन प्रयास गर्ने आदि जस्ता उद्देश्यहरु राखेर यसको गठन भएको हो ।
नेपाली साझा समाज, जापान कुनै जाति बिशेष, धार्मिक, राजनैतिक तथा क्षेत्रीयता जस्ता कुराबाट अलग रही समग्र नेपालीहरुको भावना बाट अघि बढ्ने यसले अठोट राखेको छ । यसमा क्रियाशील सदस्यहरुको सामुहिक प्रयासले संस्थालाई जिवंतता दिदै समस्याहरुको निराकरण गर्ने प्रयासमा यो संस्था लागिपर्ने छ ।
“एक थुकी सुकी, सय थुकी नदि” भने झै हामी एकापसमा मिल्दा संगठित हुंदा भोली आईपर्ने जस्तो सुकै समस्यालाई निराकरण गर्न सकिन्छ । त्यसैले यस संस्थामा आबद्द हौं संगसंगै अगाडी बढौं ।

उद्देश्यहरु
यो एउटा गैरसरकारी संस्था भएको कारण पनि यसका केहि सिमाहरु हुन्छन् । तर पनि बिशुद्द सामाजिक काममा प्रवासी नेपालीहरुका बिच केहि महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसका केहि उद्देश्यहरु यस प्रकार रहेका छन् ।
-कानुनी सल्लाह -
जापानमा कानुनी सल्लाहको महत्त्व जापानमा बसोबास गर्ने नेपाली समुदायका लागि कानुनी सल्लाह निकै महत्त्वपूर्ण छ। यहाँको नियम-कानुन जटिल हुन सक्छ, र भिसा, काम, बसाइँसराइ वा अन्य समस्याहरू समाधान गर्न सही जानकारी आवश्यक हुन्छ। कानुनी सल्लाहले यस्ता विषयमा स्पष्टता ल्याउँछ र गलत निर्णयबाट जोगाउँछ।
जापानको कानुनी व्यवस्थाबारे बुझ्नाले नेपालीहरूलाई यहाँको समाजमा सुरक्षित र आत्मनिर्भर बनाउन मद्दत गर्छ। उदाहरणका लागि, रोजगारीका नियम, कर प्रणाली, वा आप्रवासन नीतिबारे सही सल्लाहले ठूलो समस्या टार्न सकिन्छ।
यस्तो सल्लाहले व्यक्तिलाई आफ्नो अधिकार र कर्तव्य दुवैबारे सचेत गराउँछ। यो सेवा जापानभरि नेपाली समुदायको हितका लागि उपयोगी छ। कानुनी सल्लाहले जीवन सहज बनाउनुका साथै यहाँको समाजसँग एकताको आधार पनि खडा गर्छ। सुरक्षित बनाउन मद्दत गर्छ। कानुनी समाधानले व्यक्तिको अधिकार र कर्तव्यबारे सचेत गराउँदै जापानी समाजसँग एकता कायम गर्छ।
-नेपाली कला संस्कृक्तिको -
हामी जापानमा नेपाली समुदायको संस्कृति र परम्परालाई जीवन्त राख्न विभिन्न कार्यक्रमहरू आयोजना गर्छौं। यी गतिविधिहरूले हाम्रो मौलिक पहिचानलाई संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई नेपाली भाषा, नृत्य, संगीत र रीतिरिवाज सिकाउने अवसर दिन्छ।
हाम्रो उद्देश्य हाम्रा परम्पराहरूलाई जोगाएर भविष्यमा हस्तान्तरण गर्नु हो। यी कार्यक्रमहरूले हामीलाई हाम्रो संस्कृतिलाई अन्य राष्ट्रसँग साझा गर्न पनि मद्दत गर्छ।
जापानजस्तो बहुसांस्कृतिक समाजमा नेपाली खाना, पोशाक र चाडपर्वको प्रदर्शनले अन्य समुदायसँग समझदारी र सम्मान बढाउँछ। यसले नेपाली पहिचानलाई विश्वमाझ चिनाउने एउटा सुन्दर माध्यम बन्छ।
--खेलकुद--
खेलकुदले हाम्रा गतिविधिहरूलाई थप रंगीन र प्रभावकारी बनाएको छ। हामी विश्वास गर्छौं कि खेलकुदले हामीलाई उदासीनता र चिन्ताबाट राहत दिन्छ। फुटबल, भलिबल, दौडजस्ता खेलहरूले नेपाली र जापानी समुदायलाई एकै ठाउँमा ल्याउँछन् र आपसी समझदारी बढाउँछन्।
खेलकुद हाम्रा लागि केवल मनोरञ्जन मात्र होइन, यो स्वास्थ्य र एकताको माध्यम पनि हो। जापानको व्यस्त जीवनशैलीमा मानिसहरू प्रायः तनाव र थकानले ग्रस्त हुन्छन्। यस्तो अवस्थामा हामीले आयोजना गर्ने खेलकुद कार्यक्रमहरूले सहभागीहरूलाई शारीरिक रूपमा सक्रिय राख्नुका साथै मानसिक शान्ति पनि प्रदान गर्छ।
05.
— We Provide Care
. जापानका विभिन्न ऐतिहासिक, सांस्कृतिक, धार्मिक, प्राक्तिक तथा अन्य महत्वूर्ण ठाउंको अवलोकनको लागि बेलाबेलामा भ्रमण कार्यक्रमहरु गर्ने आदि रहेका छन्
06.
— We Consult
जापानमा भएका कुनै पनि नेपाली दुर्घटनामा परि अंगभंग भएमा वा गम्भीर बिरामी भई स्वास्थ्य उपचार गर्न क्षमता भन्दा माथि गर्ने ।
Partners



